बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन

रासस   सोमबार ३१, असोज २०७९ ०४:३७

बैतडी – बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।

महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्र्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्र्याक्टर दशरथचन्द नगरपालिका–८ त्रिपुराबाट नियन्त्रणमा लिइएको हो ।

से २ त २९३७ नम्बरको ट्र्याक्टरमा बालुवा ल्याउँदै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले फेला पारेको थियो । सोधपुछ गर्दा महाकालीबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चालकलाई सामान्य सोधपुछ पछि छोडिएको छ ।

ट्र्याक्टर धनीलाई बोलाएर बालुवा उत्खननका विषयमा सोधपुछ गरेर आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु