चुनावपछि गठबन्धनको सरकार बन्छ र हाम्रै वर्चस्व रहन्छः प्रधानमन्त्री देउवा

छिनोफानो   आइतबार ०६, कार्तिक २०७९ ०२:३१

नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबाहादुर देउवाले आगामी चुनावपछि गठबन्धनको सरकार बन्ने दावी गरेका छन । संयुक्त गठबन्धनको सुदूरपश्चिम स्थरिय प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले मंसिर ४ पछि फेरी गठबन्धनको सरकार बन्ने र गठबन्धनकै वर्चस्व रहने बताएका हुन । 
सुदूरपश्चिम प्रदेशबाट सबैले गठबन्धनलाई सहयोग गरेर बहुमातसहित जिताउन आबश्यक रहेको देवाले बताए । अहिले देश र संविधान अफ्ठयारो परिस्थितिमा पुगेको र यसको संरक्षण तथा सुरक्षाका लागि पनि गठबन्धनको सरकार चाहिले देउवाले बताए । 
गठबन्धनमा सहभागी सबै दलहरुलाई आफ्नै दल सम्झेर भोट हाल्न पनि उनले आग्रह गरे । आफ्नो दलको लागि अर्काे दलसंग भोट माग्ने तर आफु अरुको दललाई भोट हाल्न हिचकिचाउने जस्ता क्रियाकलाप हुन सक्ने र यस्तो कसैले पनि नगरी सबैल गठबन्धनलाई भोट हाली यो अभियानलाई सुदूरपश्चिमबाट सफल पार्न आग्रह गरेका छन । 
२००७ सालदेखीको लडाइबाट आएको परिवर्तन जोगाउनका लागि पनि गठबन्धन आबश्यक रहेको छ । सुदूरपश्चिम प्रदेशमा विकासको लागि संघिय प्रणलीको अबश्य रहेको र यसको संरक्षणका लागि गठबन्धन चाहिले देउवाले बताए । यहाँको विकास र समृद्धीका लागि पनि सबै आफ्नै दल सम्झेर गठबन्धनलाई भोट गर्न उनले अनुरोध गरेका छन । 
गठबन्धनको सरकार बने आफु प्रधामन्त्री बन्ने र सुदूरपश्चिम प्रदेशले बढी प्राथमिकता पाउने छ । यहाँका सबै नागरिकले रोजगारीको माध्यम पाउने छन । सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय नियुक्तिमा पनि यस क्षेत्रका नागरिकको बढी सहभागीता रहने उनले बताए । उनले आज सम्म गरको सबै भेला तथा कार्यक्रा सफ भएको र सबै ठाउँबाट गठबन्धनको बहुमत आउने आश्वाशन पाएको बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु