धनगढीको मोहना घाटमा छठ पर्व पुजाको तयारी पुरा

छिनोफानो   शनिबार १२, कार्तिक २०७९ ०५:०१

धनगढीको मोहना घाटमा छठ पर्व पुजाको तयारी पुरा भएको छ । सनिवार पत्रकार सम्मेलन को आयोजना गर्दै  छठ पूजा सेवा समितिले सो कुरा जानकारी गराएको हो । 
सूर्य भगवानको पूजा गरी मनाइने छठको तयारीका लागि धनगढीको मोहना घाट सिगारिएको छ । घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजा कक्ष निर्माण गरिएको छ । आफुले चिताएको कुरा पुरा हुने गरेकोले बिगत देखि छठ पर्ब को आयोजना गर्दै आएको श्री छठ पूजा सेवा समितिले  जानकारी दिएको छ । 
पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो स्टेज पनि निर्माण गरिएको छ ।सूर्य भगवानको प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण गरिएको छ । भजन कीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु