निर्वाचन सम्बन्धि सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम समपन्न

छिनोफानो   शनिबार १२, कार्तिक २०७९ ०५:३८

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा धनगढीमा सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम समपन्न गरेको छ । निर्वाचन आयोगले आज शनिवार सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य निर्वाचन संग सम्बन्धीत प्रतिनिधी को उपस्थितीमा सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

 
उक्त कार्यक्रमको उदघाटन सत्र लाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारक्षेत्र राष्ट्र को चौथो अङ्ग भएकाले प्रमुख भुमिका रहेने बताउनु भएको छ । यस अधिका निर्वाचन सफल पार्न सञ्चारमाध्यमले खेलेको भुमिका को प्रति धन्यावाद व्यक्त गर्दै आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निवार्चन मा पनि सञ्चार माध्यमले सकरात्मक भुमिका खेल्ने बिश्वास लिएको बताएकी छन । उँहाले निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै भएका कारणले नागरिक मा सत्य र भएरहित सुचना संमपे्रसण मा जोड दिन सञ्चार माध्यम लाई आग्रह समेत गर्नु भएको छ । 
आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन्। आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको जानकारी जानकारी दिइन् ।  कार्यक्रमलाई राष्ट्रिय समाचार समितिको सहकार्यमा सम्पन्न गरिएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु