छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदै

छिनोफानो   आइतबार १३, कार्तिक २०७९ ११:०९

श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरुले कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने यो पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । आजका दिन विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म रोग नलाग्ने धार्मिक विश्वास रहेको छ । कार्तिक शुक्ल षष्ठीका दिन रातभर जागा बसी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि छठ पर्व समापन हुने गर्दछ । केही वर्ष अघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पूजाका अवसरमा धनगढी ीिथत मोहोना  नदि किनारा सजाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु