कैलालीको चौमाला बजारमा आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट

छिनोफानो   आइतबार १३, कार्तिक २०७९ ११:३१

 कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् ।

यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु