सन्दीप लाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगियो

छिनोफानो   मङ्गलबार १५, कार्तिक २०७९ १२:४७

 बलात्कार आरोपमा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको हो । न्यायाधीश घिमिरेको इजलासले सन्दीपको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिएका छन् ।

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दिप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौमा सोमबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेका अनुसार सन्दिपविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग दावी गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
दाहालका अनुसार आज न्यायाधीश समक्ष बयान हुने र बयान सकिनासाथ मंगलबार नै थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले उनलाई धरौटिमा छुट्ने या थुनामै राख्ने निर्णय गर्नेछ । लामिछाने विदेश रहेका बेला गत भदौ २१ गते जबरजस्ती करणीको आरोप लागेको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दिपले आफूलाई जबरजस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी बृत गौशालामा उजुरी गरेकी थिइन् ।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए । प्रहरीले प्रक्राउ पूर्जी जारी गरी उनलाई प्रक्राउ गर्नको लागी इन्टरपोलसँग आग्रह गरेको थियो । जाहेरी परेको करिब १ महिनापछि असोज २० गते सन्दिप नेपाल फर्किएका थिए । प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु