सुन र चाँदीको मूल्य बढ्यो

छिनोफानो   मङ्गलबार १५, कार्तिक २०७९ १२:५१

सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीको मूल्य मंगलबार बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु