धनगढीको मुख्य सडक छेउका संरचना हटाउन डोजर चल्यो

छिनोफानो   बुधबार १६, कार्तिक २०७९ ०४:०४

 धनगढी उपमहानगरपालिकाले  मुख्य सडक छेउका संरचना हटाउन डोजर चलाएको छ । उपमहानगरले बुधबारदेखि धनगढी उपमहानगरपालिका अस्पताल लाइन सडक छेउका संरचना हटाउन सुरुवात गरेको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो।वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाउने जनाएको छ । सुन्दर धनगढी को परिकल्पना लाई साकार पार्न मुख्य सडक लाई चौडा पार्न सुरुवात गरेको उपमहानगरकि उपप्रमुख कन्दकला रानाले जानकारी दिएकी छन् । 
सडकको विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भइरहेको र सडकको दायाँ-बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको थियो ।उपमहानगरले पत्राचार गरि सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन सम्बन्धित घर धनीहरुमा अनुरोध गर्दा पनि नहटाईए पछि डोजर चलाएको उपमहानगर ले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु