छिनोफानो समाचार प्रभावः गोदावरीमा रोकियो अवैध असुली

छिनोफानो   बुधबार १६, कार्तिक २०७९ ०५:५५

छिनोफानो अनलाइनमा ‘गोदावरीमा पिकनिक खान आउनेबाट अवैध असुली’ शिर्षकमा समाचार प्रकाशन भएको दुइदिनपछि गोदावरीमा पिकनिक खान आउनेबाट भइरहेको अबैध असुली बन्द भएको छ । 

छिनोफानो अनलाइनमा यहि १४ गते सोमबारका दिन प्रकाशन भएको समाचारको प्रभावका कारण अहिले उक्त ठाउँमा पिकनिक खान आउने रमाइदो गर्न आउनेबाट असुल भइरहेको रकम बन्द गरिएको गोदावरी सामुदायिक वनका अध्यक्ष दिल बहादुर मडैले बताए । 

उनले अहिले सम्म संकलन भएको सबै रकमको हिसाव पनि राखिने पनि बताए । गोदावरी क्लवसंगको सहकार्यमा भइरहेको शुल्क असुलीको काम तत्काल रोकिएको हो । 


प्रकाशित समाचारः ‘गोदावरीमा पिकनिक खान आउनेबाट अवैध असुली’


सुदूरपश्चिमकै प्रशिद्ध धार्मिक पर्यटकिय स्थल गोदावरीमा अहिले गोदावरी क्लव र गोदावरी सामुदायीक वनको मनोमानी बढ्दै गएको छ । उनिहरुले अहिले त्यहाँ पिकनिक खान आउनेबाट अवैध रुपमा रकम असुली गरेको खुलेको छ । 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र गोदावरी परिसरमा गोदावरी सामुदायीक वन र गोदावरी युवा क्लवले अवैध रुपमा आन्तरिक तथा बाह्य पर्यटकबाट प्रति सवारी साधन रु ३०० का दरले रकम असुली गरेको खुलेको हो । उनिहरुले त्यहाँ आउने ट्याक्टरबाट तीन सयका दरले रकम असुली गरेको पाइएको छ । नगरपालिकासंग कुनै सहकार्य नगरी उनिहरुले धमाधम रकम असुली गर्दै आएका छन । 

गोदावरी सामुदायीक वनले मौखिक सहमती गरी गोदावरी क्लवलाई पैसा उठनउन लगाएको सामुदायीक वनका अध्यक्ष दिल बहादुर मडैले बताए । अवैध  रुपमा रकम असुली भइरहेको भएपनि त्यसको बारेमा आफुलाई कुनै जानकारी नभएको नगरपालिकाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु