भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

छिनोफानो   बुधबार २३, कार्तिक २०७९ ०७:४४

 डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।मृत्यु  हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षिय प्रेम बोहरा, १३ वर्षिय सीता बोहरा, ४० वर्षिया भगवती बोहरा, ८ बर्षिय हर्क बोहरा, १४ वर्षिया धनसरी बोहरा र १४ वर्षिया तुल्सि बोहरा रहेका छन् ।
ईन्नरी देबि बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महाबिर बोहरा घाइते भएका छन् । भुकम्पले सो गाउँका ८ घरमा पुर्ण रुपमा क्षति गरेको असइ भाटले बताएका छन् ।
बझाङको कालाखेती केन्द्रबिन्दु बनाई बुधबार राति २ः१३ मा गएको भूकम्पका कारण जिल्लाका धेरै आंशिक क्षति पुर्याएको छ । क्षेतिको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु