संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा

  शुक्रबार ०२, मङि्सर २०७९ ०६:५९

सुदुरपश्चिमका संबेदनसिल मतदान स्थलमा नेपाली सेनाले हवाइ गस्ती मार्फल सुरक्षा ब्यबस्था मिलाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी विजय थापाले शुक्रबार पत्रकार भेटभाटका क्रममा यस्तो बताएका हुन् ।
चुनावको लागी  नेपाली सेना सहितका चारवटै सुरक्षा निकाय परिचालन भइसकेको वहाँले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका नौवटै जिल्लामा ३० वटा कम्पनी अपरेडिङ बेस, प्लाटुन अपरेटिङ बेस र सेक्सन अपरेटिङ बेसहरू खडा गरी सुरक्षाको टिम परिचालन गरिएको बताउनुभयो । संबंधित जिल्ला सुरक्षा समितिसँग समुन्वय भएर सुरक्षा योजना बनाइएको जनाएका छन ।  २५० भन्दा बढी स्थानहरूमा ससाना टुकडीहरू खटिएर जनतालाई भयरहित रूपमा मताधिकार प्रयोग गर्नका लागि नेपाली सेनाले सम्पूर्ण तयारि पूरा गरेको जानकारी गराएका छन ।  
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभाग गरी चारवटै सुरक्षाका अंगहरू चुनावमा परिचालन गरिएको जानकारी दिनुभएको छ । 
पत्रकार भेटघाटका क्रममा सहायक रथी टंकप्रसाद भट्ट, प्रमुख सेनानी रबी केसी सहितका नेपाली सेनाका अधिकारीको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु