मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

छिनोफानो   शनिबार ०३, मङि्सर २०७९ ११:१०

 रुपन्देहीका पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी० ले ठक्कर दिँदा मोटरसाइकल चालक सवार कँडेलको निधन भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कँडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु