प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

छिनोफानो   शनिबार ०३, मङि्सर २०७९ १२:०३

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन स्थिर समयको उल्लंघन गरेर मतदाता प्रभावित पार्न खोजेका छन् । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै मत मागिरहेको खुलासा भएको छ । डडेलधुरा स्थित रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार मतदाताहरुको भिड नै लागेको थियो । प्रहरी प्रशासनको सुरक्षा घेरामै प्रधानमन्त्री देउवाले मतदातालाई भेटेका प्रभावित पार्न खोजेका हुन् ।
निर्वाचनको स्थिर समयमा सयौंको संख्यामा मतदाताहरुलाई भेटेर प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै व्यापक आलोचनासमेत भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु