बाजुरामा मतपेटिकामा आगजनी

  आइतबार ०४, मङि्सर २०७९ ०५:२८

बाजुरा – बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।

पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । आफूहरूले मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गरेको, उता मतपेटिकामा एकाएक धुवाँ निस्किएको यादवले बताए ।

आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उनको भनाइ छ । उनका अनुसार कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ खसेको थियो । तर आगलागीबाट कति मतपत्रमा क्षत्रि पुग्यो भन्ने पनि यकिन भएको छैन ।

उक्त घटनापछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको मतदान अधिकृत यादवले बताए । सुरक्षाकर्मीले कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन । तर मतदान अहिले रोकिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु