बैतडी दुर्घटनाः मृत्यु हुनेको संख्या  ४ पुग्यो

  सोमबार ०५, मङि्सर २०७९ ११:१०

धनगढी- बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु संख्या ४ गुगेको छ । प्रहरी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्। 

दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।  

दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्। हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवानहरु नरेश कठरिया, आशा धामी, भानु विष्ट, टिकेन्द्र ऐरी, चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन्।
  
घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उपचाररत  नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारको लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।    

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियोे। जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए।  जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फकिँदै गरेको प्रहरी टोली सवार जीप बिहान ७ बजे दुर्घटनामा परेको हो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु