बाजुरा सदरमुकाम तनावग्रस्त

  सोमबार ०५, मङि्सर २०७९ ११:३७

भनगढी– नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्दसँगै बजारका गल्लीहरूमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ । 

आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको छ ।

अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।  सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सञ्जीव अयडीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु