घोडाघोडी नगरपालिकामा तालाबन्दी

  आइतबार ११, मङि्सर २०७९ ०१:४१

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ। शनिबार सरकारी निवासमा मदिरा सेवन गरी वितण्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो। 

कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन्। मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।

नेकपाले गिट्टी, बालुवामा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको, नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरेको जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु