बाजुरामा घरमै कुटपीट गरि हत्या गरिएका अयडीको शव उठाइयो

  सोमबार १२, मङि्सर २०७९ ०१:०३

बाजुरा – बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव उठाइको छ । अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव नौ दिनपछि सोमबार उठाइने हो । उनको अन्त्योष्टि पुर्व शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको छ ।

मंसिर ४ गते साँझ घरमै कुटपीट गरि अयडीको हत्या गरिएको थियो । सो घटनामा कांग्रेसका कार्यकताएको हात रहेको एमालले आरोप लगाएको छ । एमाले बाजुराका सचिव भरत थापाले श्रद्धाञ्जलीपछि अयडीको शव दाहसस्कार गरिने बताए ।

एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषिमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ ।

मंसिर ४ गतेकै दिन त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद हुँदा सुरक्षाकर्मीको गोली लागेर त्रिवेणी–७ का सञ्जिव अयडीको पनि मृत्यु भएको थियो । उनको गत शुक्रबार दाहसंस्कार गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु