धनगढीबाट अपहरण गरिएको भनिएका सुन व्यवसायी चोरीको आरोपमा पक्राउ

  सोमबार १२, मङि्सर २०७९ ०३:११

धनगढी– आइतबार कैलालीको धनगढी चौराहबाट अपहरण गरिएको भनिएका एक सुन व्यवसायी सुन चोरीको मुद्दामा पक्राउ परेका छन । धनगढीको चौराहबाट पक्राउ परेका सन्तोष सुनार डोटीको बुडरमा  सुनचादी गहना पसल सञ्चालन गर्दै अएको  प्रहरीले जनाएको छ ।

भारतको कर्नाटकमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई  धनगढी चौराहबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार प्रहरीको विशेष समूहले उनलाई पक्राउ गरी अहिले जिल्ला प्रहरीको थुनुवा कक्षमा राखेको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो । चोरीको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु