बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना शुरु गर्ने विषयमा आयोगनै अनिर्णित

छिनोफानो   बुधबार १४, मङि्सर २०७९ ११:३६

बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना शुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित नै छ ।
कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ । आयोगको बैठक मंगलबार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु