आज नेपाल–बेलायतबीच गोर्खा सैनिकका विषयमा वार्ता हुँदै

छिनोफानो   बुधबार १४, मङि्सर २०७९ १२:००

नेपाल र बेलायतबीच ब्रिटिस गोर्खा सैनिकहरूको पेन्सनलगायतका मागका सम्बन्धमा आज (बुधबार) वार्ता हुने भएको छ । यसअघि १७ कात्तिकमा भएको वार्तामा भएको सहमतिअनुसार कर्मचारीको तहमा लण्डनस्थित नेपाली दूतावासमा समग्र एजेन्डामा छलफल हुन लागेको हो । वार्तामा भूपू गोर्खा सैनिकका प्रतिनिधि सहभागी हुनेछन् ।

बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य र बेलायतका रक्षा राज्यमन्त्री एन्ड्रु मरिसनबीच गोर्खाका प्रतिनिधिसहित वार्ता भएको एक महिनाभित्रै कर्मचारी तहमा वार्ता हुन लागेको छ । वार्ताको नेतृत्व नेपालका तर्फबाट नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र बेलायती रक्षा मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।उपनियोग प्रमुख खनालले लामो समयदेखि गोर्खा सैनिकले उठाउँदै आएका मागका विषयमा विस्तृतमा छलफल हुने र उच्चस्तरीय वार्ताका लागि वातावरण बनाउने गरी तयारी भइरहेको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु