मालाखेती अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा डा. मौनी मनोनित

छिनोफानो   बुधबार १४, मङि्सर २०७९ ०५:५९

कैलालीको गोदावरी नगरपालिका- ३ मा रहेको मालाखेती अस्पताल को अध्यक्षमा डा.नर बहादुर मौनी लाई मनोनित गरिएको छ । नगरपालिका मातहत रहेको अस्पताल को अध्यक्षमा डा मौनी लाई पाच वर्ष कार्यकाल का लागि मनोनित गरिएको गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्ट ले बताउनु भएको छ ।

अस्पताल को संरक्षकको जिम्मेवारी  नगर प्रमुख भट्ट  लाई दिईएको छ भने समिती भित्र  वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, अत्तरिया उद्योग बाणिज्य संघका सदस्य देवराज भट्ट, नगरप्रमुखले तोकेका स्थानीय समाजसेवी देवेन्द्र राज जोशी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, मालाखेती अस्पतालका प्रमुख डा. अन्वेश कोइराला सदस्य सचिव मा मनोनित गरिएको हो ।

एक जना महिला सदस्य भने मनोनय गर्न बाँकी रहेको छ ।नगरपालिका मातहतमा रहेको यस अस्पतालमा यसअघि नगरप्रमुख नै अध्यक्ष रहदै आएकोमा अस्पताल व्यवस्थापन समितिको निर्देशिका २०७९ मा उक्त प्रावधान परिवर्तन गरी मौनीलाई अध्यक्षमा मनोनय गरिएको छ । डा. मौनी अत्तरियामा रहेको पद्मा अस्पतालका प्रबन्ध निर्देशक र रेडक्रम उपशाखा अत्तरियाका अध्यक्ष पनि हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु