धनगढीमा ग्रेडरले कुल्चिदा एक बालिकाको मृत्यु

  बिहिबार १५, मङि्सर २०७९ १२:४१

धनगढी–  धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले बताएको छ। 

बिहीबार उपमहानगरपालिका५ हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

चालक चितवन भरतपुर महानगरपालिका( २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। साउँदको शव घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु