बालिकाको मृत्युपछि धनगढीमा तनावग्रस्त

  बिहिबार १५, मङि्सर २०७९ ०४:५५

धनगढी –  कैलालीको धनगढीमा बिहिबार बिहान ग्रेडर मेसिनले कुल्चिदा एक बालिकाको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका छन । साइकलमा विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका – ५ पञ्चोदय माबि हसनपुरमा कक्षा ८ मा अध्यानरत बालिकाको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन ।
उनीहरुले ग्रेडरको ठक्करपछि लडेकी बालिकालाई ग्रेडरले व्याक गरेर कुल्चिएको भन्दै दोषिलाई कडा कारवाहीको माग गरेका छन । उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेका छन ।
धनगढी उपमहानगरपालिका – ५ तारानगरकी अन्दाजी १५ बर्षीय चेतना साउँदलाई पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरकोे कालिका कन्ट्रक्सनको ग्रेडरले कुल्चिएको थियो ।

बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका – २८ का २७ बर्षीय विमल कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ  ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु