समानुपातिकतर्फ हालसम्म एक करोड ३ लाख ९२ हजार बढी मतगणना

छिनोफानो   शनिबार १७, मङि्सर २०७९ ११:२३

 समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म एक करोड ३ लाख ९२ हजार बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ ।

कांग्रेसले २६ लाख ४८ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् ।
एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । एकीकृत समाजवादी अझै पनि राष्ट्रिय दल बन्ने संघर्षमै छ । उसले तीन लाख १० हजारदेखि २० हजारसम्म मत ल्याए मात्र राष्ट्रिय दल बन्न सक्छ । तर एकीकृत समाजवादीलाई आएको अहिलेको मतको अवस्थालाई हेर्दा राष्ट्रिय दल बन्न निकै हम्मे परेको छ । राष्ट्रिय दल बनेको खण्डमा एकीकृत समाजवादीबाट चार जना सांसद थपिने छन् भने थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा प्रत्यक्षतर्फको मतका आधारमा यसअघि नै निलठर्वाचित १० सांसद मात्र एकीकृत समाजवादीमा हुनेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु