कैलालीको लम्कीमा स्कारपियोले अटोलाई ठक्कर दिदा ३ जना घाइते

छिनोफानो   शनिबार १७, मङि्सर २०७९ ०५:४५

कैलाली : मंसिर १७ कैलालीको लम्कीचुहा ३ बल्चौमा सवारी दुर्घटना हुदा ३ जना घाइते भएका छन भने २ जनाको अवस्था गम्भीर रहेको छ । शनिबार पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा १४च ९५७६ नम्बर स्कारपियोले बल्चौर देखि लम्की तर्फ आउदै गरेको से १ ह ९३२ नम्बरको अटोलाई ठक्कर दिदा ३ जना घाइते भएका हुन । घाइते हुनेमा लम्कीचुहा ३ बल्चौरका ३० बर्षिया हरि बादी सोही ठाउका २९ वर्षिया दीपक बादी र २४ वर्षीय कल्पना बादी रहेका छन । घाइते मध्य अटो चालक २९ वर्षीय दीपक बादी र अटोमा सवार हरिश बादीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । अटोलाई स्कारपियोले ठक्कर दिदा दुर्घटना भएको हो । ठक्कर दिने स्कारपियो र चालक ४० वर्षिया भुपेन्द्र बि.क लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु