जुम्लाबाट नव निर्वाचित शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने

छिनोफानो   शनिबार १७, मङि्सर २०७९ ०६:२४

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं जुम्लाबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

आज (शनिबार) त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायत विषयमा संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताए ।

अहिलेको मुख्य काम नै भ्रष्टाचारविरुद्ध लड्ने भएको उनको भनाइ छ । उनले वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने जिकिर गरे । रोजगारी सिर्जना गर्न लडाइँ गर्ने र आवश्यक कानुन बनाउने उनले बताए । केही कानुनलाई संशोधन गरेर ‘ठूला’ अपराधीलाई जेल हाल्ने समेत उनले चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु