माया लुहार हत्या प्रकरण : आरोपी कोली महेन्द्रनगर बजारबाट पक्राउ

छिनोफानो   आइतबार १८, मङि्सर २०७९ ११:१९

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षीया माया लुहार हत्या प्रकरणका आरोपी कञ्चनपूरको महेन्द्रनगर बाट पक्राउ परेका छन् ।
मायाको हत्या गरेको अभियोगमा शिवनाथ गाउँपालिका ४ का भरतराम कोली महेन्द्रनगर बजार बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपूरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।
प्रहरी निरीक्षक पन्तले पक्राउ परेका कोलीलाई बैतडी बैतडी लैजनने तयारी भईरहेको बताए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकि थिइन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु