माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

छिनोफानो   आइतबार १८, मङि्सर २०७९ ०५:०३

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेर चुनावी समीक्षा र भावी सरकारको बारेमा निर्णय लिने छ । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्ने तयारी भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु