सुदूरपश्चिम महोत्सव २०७९ को तयारी पूरा : शुक्रबार प्रधानमन्त्री देउवाले समउद्घाटन गर्ने

छिनोफानो   बुधबार २१, मङि्सर २०७९ ०३:२९

मंसिर २२ देखी धनगढीमा आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव २०७९ को तयारी पूरा भएको छ।
बुधबार पत्रकार सम्मेलन को आयोजना गर्दै महोत्सव मुल आयोजक समिती ले शुक्रबार प्रधानमन्त्री शेर बहादूर देउवा बाट महोत्सव को विधिवत उद्घाटन  हुने  जानकारि दीएको हो  । बिगतबाटै सुदूरपश्चिमका बिभिन्न माग राख्दै देश प्रमुख तथा प्रतिनिधीहरुलाई माग अनुसारको माला लगाउने परिपार्टीलाई निरन्तरता दिदै यस पटक प्रधानमन्त्री देउवालाई बिभिन्न माग राखिने आयोजक कैलाली उधोग बाणिज्य संघ का अध्यक्ष  पुष्पराज कुँवरले बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते दिउसो २ बजे धनगढी उपमहानगरपालिका १ स्थित मैदानमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको  कुँवरले जानकारी दिए । महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६३ सालदेखि सुरु भएको महोत्सव यो १६ औँ संस्करण हो ।
धनगढी उपमहानगरपालीका–१ पशुपती टोलमा रहेको खुला मैदान मा  आयोजना हुने  महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो। 

महोत्सवमा सुदूरपश्चिमका स्थानीयदेखी राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने प्रचार प्रसार संयोजक तथा कैलाली उधोग बाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले बताए । ‘महोत्सवको तयारी ९० प्रतिशत पुरा भइसकेको छ भोली साँझसम्म सबै तयारी पुरा हुने छ।’ उनले भने।

दुई करोडको लगानीमा महोत्सव लागिरहेको र यो महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने कैलाली उधोग बाणिज्य संघ को अनुमन रहेको छ । सुदूरपश्चिम महात्सव सबैका लागि चाँडपर्व जस्तै भएकाले मिलेर सम्पन्न गर्न उनले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु