बैतडीमा जीप दुर्घटना : चार जना घाइते

छिनोफानो   बुधबार २१, मङि्सर २०७९ ०२:४३

बैतडीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया–६ दुदिलाखान नजिकै जीप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका–५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका–९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएको छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।
बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से १ च १२२६ नम्बरको जीप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया– ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जीप सडकबाट करिब सय मिटर तल खसेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु