कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या ,एक जना गम्भीर घाइते

छिनोफानो   बुधबार २१, मङि्सर २०७९ ०२:५५

कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् ।
कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु