बेदकोट नगरपालिका–३ को चुरे फेदमा खाल्डाोमा गाडिएको अवस्थामा भेटिए चौपाया

छिनोफानो   बुधबार २१, मङि्सर २०७९ ०३:००

कञ्चनपुरको बेदकोट नगरपालिका–३ को चुरे फेदमा आठ वटा गाईगोरु खाल्डोमा गाडिएको अवस्थामा फेला परेका छन् । चार वटा चौपाया भिरबाट लडेर मरेको अवस्थामा फेला परेका छन् । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका थिए ।

स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र पशु चौपाया हुलेर आन्दोलन गरेका थिए । यसअघि नगरपालिकाले बेदकोट नगर ६ चुनेपानी सिद्ध सरोबर सामुदायिक वनमा छाडा पशु चौपाया व्यवस्थापन गरेको थियो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ को चुरे फेदमा आठ वटा गाईगोरु खाल्डोमा गाडिएको अवस्थामा फेला परेका छन् । चार वटा चौपाया भिरबाट लडेर मरेको अवस्थामा फेला परेका छन् । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका थिए ।

स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र पशु चौपाया हुलेर आन्दोलन गरेका थिए । यसअघि नगरपालिकाले बेदकोट नगर ६ चुनेपानी सिद्ध सरोबर सामुदायिक वनमा छाडा पशु चौपाया व्यवस्थापन गरेको थियो ।

सोमबार नगरपालिबाट व्यवस्थापन गछौँ भनि लगिएका पशु चौपाया चुरे फेदमा मृत र गाडिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । स्थानीय एवं बेदकोट नगरका निर्वतमान सदस्य डम्बर दत्त भट्टले नगरपालिकाले व्यवस्थापन गछौँ भनि लगेका पशु चौपाया भिरबाट खसालेर हत्या गरेको आरोप लगाए ।

नगरपालिकाबाट चुनेपानीमा व्यवस्थापन गछौँ, भनेर ट्रकमा ल्याइएका केही पशु भिरबाट खसालेर मारिएको रहेछ, ‘उनले भने, ‘केही खाल्डोमा गाडिएको रहेछ ।’ बेदकोट नगरपालिका ३ दैजी लिप्ना सडकखण्ड अन्तर्गत चुरे क्षेत्रमा गाडिएको अवस्थामा ८ गाईगोरु भेटिएका छन् ।’

६ बाच्छा–बाच्छी र २ वटा बयस्क गाई खाडलमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीयले नगरपालिकाले हत्या गरेको आरोप लगाएका छन् । स्थानीय एवं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदीले नगरपालिकाले दिर्घकालिन रुपमा समस्या समाधान गर्न नसक्दा खाल्डोमा गाडेको आरोप लगाए ।

‘सोमबार व्यवस्थापन गछौँ भन्दै नगरपालिकाबाट लगिएका पशु चौपाया केही भिरमा भेटिए, केही घाईते अवस्थामा फिर्ता भएका थिए, सुवेदीले भने, ‘हामीले अनुगमन गर्दा सडक छेउमा गाडेको अनुमानमा जेसिभी लगाएर उत्खनन् गर्दा पशु चौपाया मृत भेटिए । यो सरासर हत्या हो ।’

विश्वहिन्दु गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले नगरपालिकाले व्यवस्थापन गर्ने नाममा नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरिएको आरोप लगाएका छन् । ‘यो कुनै व्यवस्थापन होइन सरासर हत्या हो, घटनाको छानबिन गरी दोषी उपर कारबाही हुनुपर्छ ।’

बेदकोट नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएपछि राजनीतिक दलले समेत गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेकपा(बहुमत) र नेकपा क्रान्तिकारी माओवादी) ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै व्यवस्थापन गर्ने बहानामा ट्रकका ट्रका हुलेर चोरपानी हुँदै भिरमा खसाल्नेदेखि गाड्ने काम भएको भन्दै भत्र्सना गरेका छन् ।

नेकपा बहुमत पार्टीका जिल्ला इन्चार्ज अर्जुन र नेकपा बैद्य माओवादीका जिल्ला इन्चार्ज विक्रान्तद्वारा हस्ताक्षरित विज्ञप्तीमा अव्यवस्थित ढंगबाट पशु चौपायाको हत्यादेखि अलपत्र छाड्ने कामको चिन्ता प्रकट गरिएको छ ।

स्थानीयले चुरे र चुरे फेदमा कतै गाडिएको र कतै मृत फेला परेका पशु चौपायाबारे छानबिन गरेर दोषी उपर कारबाहीको माग अघि सारेका छन् । बेदकोट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०७९मा छाडा पशु चौपाया व्यवस्थापनका लागि बैतडा स्थित बालज्योती विद्यालयले जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको जनाएको छ । बेदकोट नगरका प्रवक्ता चित्रदेव भट्टले नगरपालिकाले अस्थायी रुपमा कार्यालय परिसर र स्थायी रुपमा बैतडा स्थित बालज्योती विद्यालयको जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु