पश्चिम सेती परियोजना निर्माण पछि सुदूरपश्चिमले समृद्धिमा फड्को मार्छ : प्रधानमन्त्री देउवा

छिनोफानो   बिहिबार २२, मङि्सर २०७९ ०६:११

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण भएपछि सुदूरपश्चिमले समृद्धिमा फड्को मार्ने बताएका छन् । बिहीबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पञ्चेश्वर आयोजनाको काम पनि छिट्टै अघि बढ्ने आश्वासन दिनु भएको हो।

 उनले भारत र चीन दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले सुदूरपश्चिमलाई आर्थिक हबको रुपमा विकास गर्न सकिने बताउँदै गौरीफन्टा नाकामा भारतसँग कुरा गरेर उधोगिक आवागमन सहज बनाउने आश्वासन पनि दिए । साथै गौरीफन्टानाका लाई जोडेने दुदुवा राष्ट्रिय निकुन्ज लाई प्रवाभ नपर्ने गरि आवागमन सहज बनाउन छलफल गर्ने उनको भनाई थियो । 
साथै उनले पश्चिम सेती, पञ्चेश्वर जलविद्युत आयोजना रानिजमारा सिचाई आयोजना , दोधारा चादनी सुख्खा बन्दरगाह जस्ता राष्टिय गौरब का आयोजना को निमार्ण सम्पन्न भएसुदूरपश्चिमको आर्थीक समिृद्ध हुने दबी गरेका छन् ।


महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ। १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । बर्षैनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्ने गर्दछ । आजबाट शुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म चल्नेछ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु