बढ्यो सुनको मुल्य :कतिमा हुदैछ करोवार

छिनोफानो   शुक्रबार २३, मङि्सर २०७९ १२:४६

सुनको मूल्य बढेर तोलाको एक लाख पार गरेको छ । छापावाल सुनको मूल्य तोलाको छ सय रुपैयाले बढेर एक लाख तीन सय रुपैया पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार सात सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय पुगेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो । गत वैशाखपछि आज सुनको कारोबार मूल्य तोलामा लाख नाघेको हो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको छ । एक महिनाको विचमा चाँदीको मूल्य तोलामा एक सय १५ रुपैयाँ बढिसकेको छ ।अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो हुँदा नेपालमा त्यसको असर परेको हो । गत वैशाख पाँच गते तोलाको एक लाख दुई हजार ५ सयसम्म पुगेको मूल्य क्रमिक घटेको थियो । घटबढ भइरहँदा छ महिनापछि पुनः एकलाख माथि पुगेको हो । यो विचमा सबैभन्दा कम तोलाको ९६ हजार ८ सयमा सुन कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु