कञ्चनपुरको पुनर्वासमा एक जना मृत फेला

छिनोफानो   शुक्रबार २३, मङि्सर २०७९ १२:४८

कञ्चनपुरको पुनर्वासमा एक जना मृत फेला परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा एक जना युवक मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ११ का तुलसी कार्कीका ३८ वर्षीय छोरा हरि कार्की मृत फेला परेका हुन्। शुक्रबार बिहान स्थानीयले हरि कार्कीलाई मृत देखेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिएकोले घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु