बिना प्रयोगशाला कक्षा सञ्चालन गरेको भन्दै  धनगढी बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

छिनोफानो   आइतबार २५, मङि्सर २०७९ ०५:४४

 कैलालीको धनगढी उपमहानगरपालिका ६ मा रहेको  धनगढी बहुप्राविधिक शिक्षालयमा विधाद्र्यीहरुले तालाबन्दी गरेका छन् । अन्तिम सेमेस्टर सम्म पुगि सक्दा पनि उचित प्रयोगशाला र बिषयगत शिक्षकको व्यवस्था नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन ।
धनगढी नगरपालिकाले सञ्चालन गरेको धनगढी पोलिटेक्नीक इन्स्टिच्युटमा स्तरीय प्रयोगशाला नहुँदा विद्यार्थी मारमा परेका छन । २०७६ सालमा स्थापित इन्स्टिच्युटमा मेकानिकल ईन्जिनियरिङ्ग र होटेल मेनेजमेन्टको पढाई भएपनि प्रयोगशाला नहुँदा विद्यार्थी मारमा परेका हुन । तिन वर्षिय मेकानिकल ईन्जिनियरिङ्ग अध्यन गरि रहेका विधार्थीहरुले अन्तिम सेमेस्टर सम्म पुगि सक्दा पनि कोर्ष अनुसारको कुनै प्रविधिक तौर ले शिकाई नहुनु का कारण आफु कस्तो ईन्जिनियर बन्ने भन्ने मै अन्यौल रहेको विधार्थी को गुनासो छ । 
प्रविधिक शिक्षा तालिम परिषद सिटिइभिटीको अनुदानबाट सञ्चालिक शिक्षालयमा विषयगत शिक्षकको पनि अभाव रहेको विद्यार्थीहरुको भनाइ छ । तीन बर्ष मेकानिकल इन्जिनियरिङ पढेपनि प्रयोगात्मक हुन नपाएको गुनासो पटक पटक गरेपनि कुनै निकाएले यस को समाधान नगरिदिदा उनिहरु आन्दोलित बनेको उनिहरु बताउछन् । 

सिटिइभिटीले अनुगमन गर्दै विद्यार्थीहरुलाई आवश्यक प्रयोगशाला उपलब्ध गराउन यसअघि नै निर्देशन दिइसकेको छ । आवश्यक सामाग्री नहुँदा शिक्षालयको स्वीकृति नै खारेज हुने चेतावनी दिएपनि शिक्षालयले त्यसमा चासो नदिएको प्राविधिक शिक्षा तालिम परिषद ,सुदूरपश्चिम प्रदेश कार्यालयकी सूचना अधिकारी दिपा जोशीले जानकारी दिनु भएको छ । 
शिक्षालयको अध्यक्ष समेत रहेका धनगढी उपमहानगर प्रमुख गोपाल हमालले भने शिक्षालयको समस्याबारे ढिलो गरी मात्रै जानकारी आएकाले बजेट उपलब्ध गराउन नसकिएको बताए । अर्को आर्थिक बर्षवाट बजेट व्यवस्थापन गरेर समस्या को समाधान गर्ने उनको आश्वासन छ ।

सिटिइभिटी बाट स्वकृती पाएको चार बर्ष भई सक्दापनि शिक्षालयले प्रयोगशाला र बिषयगत शिक्षक व्यवस्थापन गर्न नसक्नु गैर जिम्मेबारीको पराकाष्ठा हो । यसतर्फ समयमै सरोकारवालाको ध्यान नपुगे विद्यार्थीकै भविश्य अन्योलग्रस्त हुने देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु