मल अभावमा सुदूरपश्चिमकाका किसान : आश्वासनमै समित प्रयाप्त मलको मौज्दात

छिनोफानो   सोमबार २६, मङि्सर २०७९ ०५:०३

गहुँ बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन् । गहुँमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानलाई सकस भएको हो । ।
सुदूरपश्चिमका किसानहरु यतिवेला गहुँ खेतमा राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकि नै बनेको छ । कैलालीमा किसानहरु दोब्बर रकम तिरेर भारत बाट मल ल्याउनु पर्ने बाध्यता भएको स्थानीय किसानहरुको गुनासो छ । सरकारले मल को व्यवस्था नगरि दिदा भारत बाट ल्याउनु पर्ने बाभ्यता भएको र मल ल्याउदा सिमा नाकामा सुरक्षाकर्मी ले मल जफत गर्ने चिन्ता रहेको धनगढीकी स्थानीय गिता चौधरी ले बताईन ।
मल नपाउँदा उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन् । गहुँमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । राज्य सत्ता को उच्च ओहदामा भएका व्यत्तीहरु प्रत्यक बर्ष किसानहरुले आवश्यकता अनुसार मल पाउने भने पनि मल आश्वासनमै सिमित रहेको अर्का स्थानीय ले जानकारी दिएका छन् । 
अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मलको प्रयाप्त मौज्दात छैन । गहुँ सिजनमा साल्ट ट्रेडिङ युरिया २५ सय ९४ मेट्रिक टन कोटा निधारण भइकोमा १३ सय ५५ मेट्रिक टन किसान लाई 
बितरणका लागि पठाईएको जनाएको छ । हिउदे वाली छर्नु पहिले प्रयोग गर्नु पर्ने डिएपि हाल सम्म प्राप्त नभएकाले मौज्दात सुन्य रहेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालयले साल्ट ट्रेडिङले आपूर्तिको जिम्मा पाएपनि अहिले मौज्दान शुन्य भएको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी सहायक प्रवन्धक तेज बहादूर कुँवरले  बताउनु भएको छ ।
मल आपूर्तिको जिम्मा कृषि सामाग्री कम्पनीलाई पनि छ । गहुँवबली का लागि ४ हजार मेट्रिक टन को आवश्यकता भएपनि हाल सम्म ३ हजार ६८ मेट्रिक टन मात्रै आएर वितरण गरिएको र युरिया ६ हजार मेट्रिक टन आवश्यकता भएपनि हाल सम्म २२ सय ६८ मेट्रिकटन मात्रै प्राप्त भएर बितरण गरिरहेको  कम्पनीका कामु प्रबन्धक नबल सिह बोगटीले बताउनु भएको छ ।
प्रत्यक वाली लगाउदा किसानहरुले मल को जोह गर्न निकै कष्ट गर्नु पर्ने अवस्था छ ।  


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु