घाँस काट्न गएकी महिलाको हत्या आरोपमा दुई युवक पक्राउ

छिनोफानो   बिहिबार २९, मङि्सर २०७९ ०२:२९

सिरहाको मिर्चैयामा घाँस काट्न गएकी महिलाको हत्या आरोपमा दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार अपरान्ह सिरहाको कर्जन्हा नगरपालिका–१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका–२ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मीनियादेवी कापरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं। २ मल्हनिया टोलका २० वर्षीय राजकुमार महतो कोईरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा बुधबार सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु