विश्वकै सबैभन्दा होचा बने इरानका अफसिन इस्माइल

छिनोफानो   शुक्रबार ०१, पुष २०७९ १२:०६

विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् ।

अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् । जन्मिँदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन् । जसका कारण उनी निकै खुशी छन् । ‘निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु