धनगढीमा जारी सुदूरपश्चिम महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने

छिनोफानो   शुक्रबार ०१, पुष २०७९ १२:५१

 धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप भएको छ। शुक्रवार महोत्सव मुल आयोजक  समितीले पत्रकार सम्मेलन को आयोजना गर्दै महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जानकारी दिएको हो ।  
धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी रहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकको भनाई छ ।

यस्तै कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी महोत्सवमा ५ करोड को व्यापार भईसकेको र हाल सम्म २ लाख दर्शकले अवलोकन गरिसकेको अनुमान गरिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने गरेको छ । आज पुष १ गतेका आर्कषणको रूपमा खुमन अधिकारी, चक्र बम र शीतल शर्माको बेजोड प्रस्तुति रहने आयोजक ले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु