आयोगले बुझायो प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

छिनोफानो   शनिबार ०२, पुष २०७९ ०२:३८

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज प्रदेश प्रमुख  समक्ष बुझाएको छ । आयोगले निर्वाचन प्रतिवेदन सुदूरपश्चिम प्रदेश  प्रमुख देवराज जोशी समक्ष बुझाएकोे हो । सुदूरपश्चिममा दिउँसो १ बजे आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाएकी हुन् । यसअघि नै आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशको प्रदेश सभातर्फ ५३ जना निर्वाचित हुनुभएको छ । जसमा पुरुष ३५ जना र महिला १८ जना  निर्वाचित हुनुभएको हो ।


सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३४ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष १८० र महिला १३ गरी कूल १९३ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ३५२ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८ लाख ४२ हजार ७७४, पुरुष ८ लाख १५ हजार २१२ र अन्य १८ गरी कूल १६ लाख ५८ हजार ४ मतदाता कायम रहेका थिए । निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ९ लाख ५८ हजार ८४५ (५७ दशमलव ८३ )प्रतिशत मतदान भएको थियो जसमध्ये ९ लाख १३ हजार ८७८ (९५ दशमलव ३१ प्रतिशत) मत सदर भएको थियो भने ४४ हजार ९६७ (४ दशमलव ६९० प्रतिशत ) मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा ९ लाख ५७ हजार २६९ (५७ दशमलव ७४ प्रतिशत) मतदान भएको थियो जसमध्ये ८ लाख ९६ हजार ३९५ (९३ दशमलव ६४ प्रतिशत) मत सदर भएको थियो भने ६० हजार ८७४ (६ दशमलव ३६ प्रतिशत) मत बदर भएको थियो ।

आयोगले अन्तिम परिणम बुझाएपछि  अब नयाँ सरकार गठनको प्रकृया को ढोका खुलेको छ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु