आयोगले आज समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउँदै

छिनोफानो   आइतबार ०३, पुष २०७९ ०१:३४

निर्वाचन आयोगले आज (आइतबार) समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउँदैछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउन लागेको हो ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभाका ११० जना र सात वटै प्रदेशसभाका २२० जना सांसदलाई प्रमाणपत्र दिन लागेको हो । प्रतिनिधिसभामा सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२ , नेकपा ९माओवादी केन्द्र०ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु