बढ्यो सुनको मूल्य : कतिमा हुदैछ कारोवार

छिनोफानो   आइतबार ०३, पुष २०७९ ०१:३९

नेपाली बजारमा आज (आइतबार) फेरि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा केहि घटेपनि आइतबार फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन तोलामा ६ सय रुपैँयाले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार ९९ हजार ९ सयमा रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु