अत्तरिया गोली काण्ड : खतरा मुक्त घाईते सुनार,  सुटर खोज्दै प्रहरी

छिनोफानो   सोमबार ०४, पुष २०७९ १२:२१

कैलालीको अत्तरियामा  अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका भए । आइतबार साँझ ६ बजेर २० मिनेटमा सेतो कलरको अपाची मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाउँदा अत्तरिया बजारमा सुन चाँदी व्यवसायी विकास सुनार घाइते भएका थिए । घाईत भएका  न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक समेत रहेका २८ वर्षिय सुनार लाई तत्काल अत्तरिया स्थित पद्मा अस्पताल लगिएको थियो तर थप उपचारका लागि उनलाई मायामेट्रो अस्पताल रेफर गरियो । मायामेट्रो अस्पतालमा गोली निकालि सकेपछि अहिले सुनार खतारा मुक्त रहेको प्रहरी ले जानकारी दिएको छ । 
प्रदेश नम्बर ३ ०२०११ प ७३५० नम्बरको मोटरसाइकलमा अत्तरियाबाट पूर्वतर्फ गइरहेका सुनारमाथी अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको थियो । यो घटनाले अहिले स्थानीय त्रसित बनेका छन् । जिल्ला प्रही कार्यालय कैलालीले  सुटर खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिएको छ । तर हाल सम्म सो घटनाको कुनै तथ्य हात नपरेको प्रहरीको भनाई छ ।  
 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु