जनमत पार्टीको संसदीय दलको नेतामा डा. सीके राउत चयन

छिनोफानो   सोमबार ०४, पुष २०७९ १२:३२

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउत चयन भएका छन् । हिजो (आइतबार) काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत रुपमा दलको नेतामा राउत चयन भएका हुन् ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको जनमतका नेता बीपी साहले जानकारी दिएका छन् । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन् । राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु