कैलालीमा एउटा गोली काण्ड नसेलाउदै अर्को गोली प्रहार को घट्ना

छिनोफानो   मङ्गलबार ०५, पुष २०७९ ०१:१९

कैलालीमा एउटा गोली काण्ड नसेलाउदै अर्को गोली प्रहार को घट्ना घटेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ शिवरामनगर टोलमा आज विहान २ः४५ मा गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन ्। गोली प्रहार बाट सामान्य घाईते भएका बिष्टको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । 
बिष्टको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको बिष्टले बताएका छन् । सो क्षेत्रमा चोरी का घटना पटक पटक घटिरहे पनि प्रहरी प्रशासनले बेवास्ता गरेको स्थानीय को आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार चोरीमा चारजना संलग्न रहेको बताईएको छ ।  एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र घट्ना को थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु