धनगढीमा थारु होमस्टे गाउँ भादा महोत्सव को दसौँ संस्करण आयोजना  हुने

छिनोफानो   मङ्गलबार ०५, पुष २०७९ ०१:३१

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा  थारु होमस्टे गाउँ भादा महोत्सव को दसौँ संस्करण आयोजना  हुने भएको छ। स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १४ देखि १७ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन को आयोजना गर्दै नाजकारी दिएको हो । 
महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने आयोजकले जनाएको छ। महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पनि पाइने छ।

महोत्सव अवधिभर सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागतसहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु