टिप्परले अटोलाई ठक्कर दिदा ४ वर्षिय बालकको मृत्यु : पुर्व पश्चिम राजमार्ग अवरुद्ध

छिनोफानो   बुधबार ०६, पुष २०७९ ११:२७

कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा एक बालकको मृत्यु भएको छ भने एक महिला घाईते भएकी छन्  । 
बुधबार बिहान पुर्वबाट पश्चित तर्फ आइरहेको टिप्परको ठक्करबाट घाइते भएका अटोमा सवार ३ बर्षिय बालक भरत ठकुल्लाको मृत्यु भएको हो ।सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई टिप्परले ठक्कर दिदा सोहि अटोमा सवार गोदावरी नगरपालिका – ७ हरैया बस्ने बर्ष २९ कि पेन्टि ठकुल्ला र उनका छोरा भरत घाइते भएका थिए ।घाइते बालकको उपचारका क्रमका सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते महिलाको भने अत्तरिया रहेको पदमा अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्पर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । हरैया चोकमा अहिले स्थानीयले सडक अवरुद्ध गरेका छन् । चालक लाइृ कार्वाही को माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेपछि प्रहरी ले वल प्रयोग गर्न खोज्दा स्थानीय र प्रहरी बचि झडप समेत भएको छ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु